बलिउडमा कसले तिर्छ सबैभन्दा बढी कर ?

अजय देवगनको चलचित्र ‘रेड’ १६ मार्चको सिनेमाघरमा रिलिज भयो । यो चलचित्र एक सत्य कथामा आधारित छ जसमा अजय इनकम ट्याक्स ऑफिसरको रोलमा छन् जसले ट्याक्स नतिर्नेकोमा गएर रेड मार्ने गर्छन । तर जब ट्याक्स तिर्ने बलीउड स्टारको कुरा आउछ धेरै स्टारहरु यस्ता छन् कि जसले भारी मात्रामा ट्याक्स तिर्ने गर्छन । आज हामी तिनै १० स्टारका कुरा गर्दै छौ जसले सबै भन्दा बढी ट्याक्स तिर्ने गर्छन :


सलमान खान
सलमान खान धेरै पटक सबै भन्दा बढी आयकर तिर्ने एक्टक रुपमा चिनिएका छन् । १५ मार्च २०१७ सम्ममा सलमानले ४४.५ करोड अग्रिम करको रूपमा जम्मा गराएका थिए । यसबाट के प्रमाणित हुन्छ भने कि पछिल्लो सालको तुलनामा उनको आय ३९% ले वृद्धि भएको छ । अगिल्लो आर्थिक वर्ष २०१६/१७ मा उनले ३२.२ करोड अग्रिम कर तिरेका थिए।


आमिर खान
आमिर खान ले आर्थिक वर्ष २०१६ -१७ मा १४.८ करोड अग्रिम कर को रुपमा जम्मा गरेका थिए जब कि अगिल्लो आर्थिक वर्षमा उनले ९.६ करोड बुझाएका थिए । यसरि हेर्दा उनको आम्दानीमा ५४% ले वृद्धि भएको देखिन्छ ।


ऋतिक रोशन
ऋतिक रोशनले २०१७ मा २५.५ करोड अग्रिम कर बुझाएका छन् । अघिल्लो आर्थिक बर्षमा उनले १४करोड कर बुझाएका थिए । यसरी हेर्दा उनको आयमा ७४% ले वृद्धि भएको देखिन्छ ।


कपिल शर्मा
कमेडियन कपिल शर्माले २०१६-१७ को २३.९ करोड कर जम्मा गराएका थिए जब कि अघिल्लो आर्थिक बर्षमा ६ करोड मात्रै बुझाएका थिए । उनको आयमा ३४१% भन्दा बडी वृद्धि भएको देखिन्छ ।


अक्षय कुमार
२०१६-१७मा अक्षय कुमार २९.५ करोड कर बुझाएका छन् भने अघिल्लो आर्थिक वर्षमा उनले ३० करोड बुझाएका थिए । यसरि हेर्दा उनको आयमा कमि आएको देख्न सकिन्छ ।


करीना कपूर
करीना कपूरको आय २०१७ मा ४४% ले कमि आएको देखिन्छ । २०१६-१७ मा उनले ३.९ करोड कर तिरेको भएता पनि २०१५-१६ मा ७ करोड थियो ।


आलिया भट्ट
आलिया भाटको  आय २०१७ मा ४६% ले वृद्धि भएको छ । २०१६-१७ मा ४.३३ करोड कर तिरेकी उनले २०१५-१६ मा २.९ करोड मात्रै बुझाएकी थिईन।


रणबीर कपूर
रणबीर कपूरको आय मा भने २०१६-१७मा कमि आएको देखिन्छ । यो साल उनले १६.५ करोड कर बुझाएका छन् भने अघिल्लो साल यो रकम २२.३ करोड थियो ।


करन जौहर
आर्थिक वर्ष २०१६-१७म करन जौहरको आयमा सकारात्मक सुधार आएको देखिन्छ । २०१७ मा ११.७ करोड कर बुझाएका उनले अघिल्लो आर्थिक वर्ष २करोड बुझाएको देखिन्छ ।


दीपिका पादुकोण
दीपिका पादुकोणले बलीउडका साथ् साथै हलिउडमा समेत काम गर्दै छिन् । यद्यपी उनको आयमा १३% वृद्धि भएको देख्न सकिन्छ । अघिल्लो आर्थिक बर्ष ९ करोड कर तिरेकी उनले यो पटक १०.२५ करोड बुझाएकी छिन् ।

तस्बिर : गुगल