चेपाङ बस्तीमा अन्जु पन्तको सहयोग

मकवानपुरको खैराङमा रहेको एक चेपाङ बस्तिमा अन्जु पन्तले राहत वितरण गरेकी छिन्। आर्थिक, सामजिक शैक्षिक सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायमा अन्जु पन्त फाउण्डेसनद्वारा १०० ब्ल्याङकेट लगायतका सामग्री वितरण गरेको छ। करिव ८ वर्ष पहिले पनि ओडारमा बस्दै आएको चेपाङ समुदायको अवस्था निकै कमजोर भएका कारण उनीहरुलाई सहायो गरिएको अन्जु पन्तले बताएकी छिन्।

राजमार्गबाट २३ किमी मात्रको दुरीमा रहेको उक्त बस्तीमा पुग्न ५ घन्टा लाग्छ। बाटोको अवस्था ज्यादै नराम्रो भएकोले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यतामा त्यहाको समुदाय रहेको अन्जु बताउछिन्। ‘त्यहाँको समुदायमा शिक्षा र स्वास्थ्यको त के कुरा दात माझ्नु पर्छ भन्ने सम्मको ज्ञान पनि रहेनछ’, भन्छिन् ‘१३/१४ बर्षको उमेरमा बाल विवाह गर्ने र बाल तथा मातृमृत्य दर अन्त्यन्तै उच्च रहेछ।’

उनले अभिषेक उप्रेतीको पहलमा उक्त ठाउँमा सहयोग गर्न पाएको बताउछिन्। भन्छिन् ‘त्यस्तो ठाउँसम्म आखा पुर्याइदिने अभिषेक उप्रेती र उहाँको परिवारलाई धन्यवाद।’ साथै उनले त्यस्तो ग्रामिण र दुर्गम ठाउँमा सरकारले पनि ध्यानाकर्षण गर्नु पर्ने बताउछिन।