चेन्नईपछि मुम्बईमा श्रीदेवीको प्रेयर मिट

श्रीदेवीको मृत्यु भएको १५ दिन बितिसकेको छ । हालै मीट  ब्रदर्स और सोसाइटीले उनको सम्झनामा एक कार्यक्रम  गरेको छ । यस क्रममा उक्त श्रद्धाञ्जलीसभामा उपस्थिति जनाउन उनका पति बोनी कपूर त्यहाँ पुगेक थिए । श्रीदेवीको मृत्यु भएपछि बोनी कपूरको पहिलो पत्नी र उनका सन्तान अर्जुन र अशुलासँगको सम्बन्धमा सुधार आएको देखिन्छ। यति मात्र नभई उनीहरु दुवै एकै घरमा खुसि खुसि रहेको खबर छ ।

श्रीदेवीको प्रेयर मीटको आयोजना उनको गृहनगर चेन्नईमा आइतबार ११ मार्चमा गरिएको थियो । आमाको प्रेयर मीटमा उनका दुवै छोरी जाह्नवी र खुशी कपूर भावुक देखिएका थिए । उक्त कार्यक्रममा साउथ स्टार्स अजित पत्नी शालिनीसँगै सूर्या पत्नी ज्योति, ए आर रहमान र कीर्तिको पनि उपस्थिति थियो । पारिवारिक सदस्यहरु बोनी कपूर, सुनीता कपूर साथै कपूर परिवार र अमर सिंह पनि देखिएका थिए ।