‘तिते पाती’ झ्याप पार्दै खगेन्द्र

सम्बृद्धि इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित  चलचित्र ‘डमरुको डण्डीबियो’को ‘तिते पाती तिते पाती’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा  कालीप्रसाद बास्कोटाको स्वर र संगीत रहेको छ भने शब्द कालीप्रसाद बास्कोटा, एकतारे र हर्क साउदको रहेको छ ।


नेपाली युवा पिंढीमा चर्चित नेपाली चलचित्र ‘नोवेम्बर रेन’, ‘क्लासिक’ र ‘डायरी’ जस्ता चलचित्रहरुमो कथा–पटकथा लेखेर चर्चामा आएका नव निर्देशक छेतेन गुरुङले निर्देशन गरेको यस चलचित्रमा पछिल्लो समयमा कहलिएका कलाकारहरु अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, लगायतको  मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरुमा नमिता घिसिङ,  लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका रहेका छन् । विनोद गुरुङ र सुमी श्रेष्ठ घले निर्माता रहेको यो चलचित्र ‘डमरुको डण्डीबियो’ को कथा नायक खगेन्द्र लामिछानेले लेखेका छन् । चलचित्र ‘डमरुको डण्डीवियो’ मा संगीत समेत संगीतकार कालीप्रसाद बास्कोटाको नै रहेको छ । चलचित्रको छायांकन लम्जुङको ‘घले गाउँ’ र काठमाडौं उपत्यकाभित्र गरिएको छ ।