आउ जिन्दगीभरको लागि चोर-पुलिस खेलौ

ए ह्यान्डसम, मेरो मनले तिम्रो मनलाई गिरफ्तार गरेको छ
आउ जिन्दगीभरको लागि चोर – पुलिस खेलौ
नायिका प्रियंका कार्कीको फेसबुक स्टाटस हो यो जसमा उनले चलचित्र शत्रु गतेको एक सीनको फोटो सहित यो क्याप्सन हालेकी छन् । चलचित्रको कहानी अनुसार नै मिल्न गएको हुनसक्छ उनको यो स्टाटस । ट्रेलर र गीतमा समेत संगै देखिएका दिपक-प्रियंका यो फोटोमा पनि खुलेका छन्, प्रियंकाको स्टाटस जस्तै ।

संभवत दिपा क्याम्पबाट पहिलोचोटी दिपकको जोडी कोही अरुसँग देखिएको छ चलचित्र शत्रु गतेमा । चोरको भूमिकामा देखिएका दिपक र पुलिसको भूमिकामा देखिएकी प्रियंकाको यो जोडी जती फिट देखिन्छ त्यति नै हिट हुन्छ या हुदैन त्यो हेर्न भने चलचित्र शत्रु गते प्रदर्शनलाई कुर्नु पर्ने हुन्छ । खुल्लम खुल्ला दिपकलाई आफ्नो जीवनमा स्वागत गरेकी प्रियंकाको यो प्रस्ताबमा दिपकको प्रतिक्रिया भने लभ इमोजी मात्र छ केही लेखेका छैनन उनले । सायद उनले लुकाउन चाहे आफ्नो फिलिङ्स । देखाउनु लुकाउनु उनीहरुकै मर्जी, तर जोडी फिट छ । शत्रु गते मार्फत पहिलो चोटी पुलिशको भूमिकामा प्रियंका देखिएकी छिन् भने दिपक गुण्डाको भूमिकामा छन् ।