जेनिफरद्वारा यौन शोषणमा परेको खुलासा

हलिउड सुन्दरी जिनेफ़र लोपेजले यौन शोषणमा परेको बारेमा पहिलोपटक खुलासा गरेकी छन । आफ्नो करियरको सुरुवाती दिनमा आफुमाथि भएको यौन शोषणको बारेमा उनले खुलासा गरेको कुराले हर कोहीको होस् उड्नेछ । हलिउडको हाफर म्यागजिनका लागि दिएको एक अन्तरवार्तामा उनले यो कुराको खुलासा गरेकी हुन् ।

उनका अनुसार करियरको शुरुवाती दिनमा उनलाई एक निर्देशकले आपत्तिजनक प्रस्ताब राखेका थिए । जिनिफ़रले भनेकी छिन् – ‘त्यति बेला मा इन्डस्ट्रीमा थीइनँ । काम दिने बहानामा एक निर्देशकले बोलाएर कुरा गर्दै टप उतार्न भने । यती मात्र होइन उनका माग मेरो प्राइभेट पार्ट्स देखाउनु भन्नेसम्मको थियो । अन्तरवार्तामा भने अनुसार यो सुनेर भर्खरै इन्डस्ट्रीमा आएकी जिनिफर अचम्ममा पारीन र अलिकती हिम्मत देखाउँदै यस्तो घिनलाग्दो काम आफुबाट हुन नसक्ने भन्दै अस्वीकार गरिन । त्यस समयमा आफ्नो दिल र दिमागमा आफुले उक्त निर्देशकको कुरा अस्वीकार गरेर गल्ती गरेको हो कि भन्ने आइरहेको र तुरुन्तै आफ्नो हिम्मत देखेर आफैँप्रती गर्व लागेको पनि जिनिफरले बताएकी छिन् । उनले निर्देशकको नाम भने गोप्य रखेकी छिन् । उनले तीन विवाह गरिसकेकी छिन् । सन २०१७ को अन्त्यदेखी संसारभरको महिलाले मी टु क्याम्पेनको सुरुवात गरेदेखी यस्ता यौन शोषणको घटनाका बारेमा महिला सेलिब्रेटी खुल्न थालेका छन । महिला सेलिब्रेटीले सामाजिक सञ्जालमा कास्टिङ काउच र यौन उत्पीडका कुरा शेयर गर्ने लहर चलेको छ ।