ऐश्वर्यालाई रेखाको भावुक चिठी

बलिउड चलचित्र अभिनेतत्री रेखाले अहिलेका अभिनेत्रीलाई निकै प्रेम गर्छिन चाहे दीपिका पादुकोण हुन् या बिद्या बालन या त सोनम कपुर नै किन नहुन । उनीहरु सबैलाई रेखाले प्रेमले हेर्छिन । उनीहरु पनि रेखालाई सम्मानले प्रेम गर्ने गर्छन । रेखा सधैजसो अभिनेत्रीहरुको प्रशंसा गरिरहन्छिन । उनीहरुलाई अगाडि बढ्न हौसला दिइरहन्छिन् । उनले फेरी एक पल्ट यो भावना प्रदर्शन गरेकी छिन् ।


ऐश्वर्यले अभिनय क्षेत्रमा दुइ दशक पुरा गरेको उपलक्ष्यमा रेखाले एक भावुक पत्र लेखेकी छन् । रेखाले ऐश्वर्यालाई सानदार यात्राका लागि शुभकामना दिएकी छन् । खास कुरा त के भने उनले आफै यो पत्रमा ‘रेखा आमा’ लेखेकी छिन । उनले यस पत्रमा लेखेकी छन्, ‘तिमीजस्ती महिला एउटा यस्तो नदि हौ, जो कुनै कृत्रिमताबिना मात्र अगाडि बघिरहन चाहन्छे । ऊ आफ्नो गन्तव्यमा यो उद्धेश्यका साथ अगाडि बढ्छे कि जसले आफ्नो अस्तित्व समाप्त हुन दिदैन ।’ हिम्मतवालीको उपमा दिदै उनले भनेकी छन्, ‘तिमीले जे गरेकी छ्यौ, त्यसले मान्छेलाई मान्छे हुन सिकाउँछ । जसलाई मान्छेले कहिल्यै भुल्ने छैनन् ।’ रेखा अन्तिममा लेख्छिन्, ‘जित्ने अहोभाग्य पनि तिमीलाई मिल्यो । तिमीले जितलाई न्यायसंगत तरिकाले निभायौ पनि । आराध्या कि आमा ! तिमीलाई यो पत्र लेख्दै गर्दा मलाई असाध्यै खुसी मिलेको छ । धेरै धेरै माया । अगाडि बढिरहनु … ।’
रेखाले अन्तिममा ‘रेखा आमा’ भनेर पत्रलाई टुंग्याएकी छिन् । रेखा र अमिताभ बच्चनबीच आजसम्म पनि दुरी कायम छ । तर, अमिताभकी बुहारी ऐश्वर्यासंग भने रेखा एकदमै नजिक छिन् ।

साभार : नयाँ पत्रिका