भूपु मायालुसँग स्क्रिन सेयर गर्दै आयुष्मान

दिपेन्द्र के खनालको निर्देशनमा नयाँ फिल्म ‘चङ्गाचेट’ बन्दैछ । फिल्मको लागि कलाकार पनि फाइनल भइसकेका छन्। यस फिल्मको लागि आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा मुख्य भुमिकामा फाइनल छन् । रमाइलो कुरा त के छ भने, यस फिल्ममा आयुष्मानले आफ्नो दुई प्रेमिकासँग स्कृन शेयर गर्नेछन्। परमिता उनको पूर्व प्रेमिका हुन् भने प्रियंका र आयुशमान हाल पनि रिलेसनमा छन् । तर, फिल्ममा आयुष्मान र प्रियंका जोडीका रुपमा देखिदैछन् भने परमिता फिल्मको मुख्य पात्र भए पनि उनले आयुष्मानसँग रोमान्स गर्न पाउने छैनन् ।


आयुष्मान र परमिताले यस अघि फिल्म ‘चपली हाईट २ ’मा सँगै काम गरेका थिए। दिपेन्द्रले नै निर्देशन गरेको उक्त फिल्म दुबैको डेब्यु फिल्म थियो । तर फिल्म रिलिजको केही समयमा नै उनीहरु एक आपसमा छुट्टिए । लगतै आयुष्मान फिल्म कथा काठ माडौंमा अनुबन्धित भए । उनको अपोजिटमा प्रियंका कार्की फाइनल थिइन् । फिल्मको सुटिङबाट नै उनीहरुको रिलेशन सुरु भएको मानिन्छ । यी तिनले सँगै काम गर्न लागेको फिल्म चङ्गाचेटलाई माधव वाग्लेले निर्माण गर्दैछन्।
फिल्ममा ऋचा शर्मा, रविन्द्र झा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायतको अभिनय रहने पनि तय भइसकेको छ । जनकपुर, काठमाडौं र पोखरामा खिचिने फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ । आयुष्मानलाई प्रियंकाले नै आफूबाट छुटाएर लगेको परमिताको आरोप थियो । तर दुवै भएको फिल्ममो खेल्न राजी भएसँगै उनले प्रियंकासँगको दुश्मनी बिर्सिए जस्तो देखिएको छ । श्रोतका अनुसार सुटिङमा परमिता र प्रियंका आमने सामने त हुने छैनन् तर हेर्नुछ पत्रकार सम्मेलनहरुमा दुवैले कसरी एकअर्कालाई फेस गर्छन् ।