जुम्ल्याहा वर्षा र प्रियंका

गुपचुप रुपमा छायाँकन भइरहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा वर्षा राउत प्रियंका कार्कीको दिदीको रुपमा देखिने कुरा बाहिरिएको थियो। तर, यस कुरालाई नकार्दै वर्षा राउतले आफू प्रियंकाको दिदी नभएर जुम्ल्याहाको भूमिकामा देखिन लागेको जनाकारी दिएकी छिन्। वर्षाले भनिन् ‘म प्रियंका दिदीको दिदीको भूमिकामा देखिन लागेको कुरा सत्य होइन। फिल्ममा हामी जुम्ल्याहाको भुमिकामा देखिदैछौं।’ वर्षा र प्रियंकाले यसअघि फिल्म नाइ नभन्नु ल ४, छक्का पञ्जा र छक्का पञ्जा २ मा सँगै काम गरिसकेका छन्।


केहि दिन अगाडि वर्षाले फिल्म छोड्ने खबर पनि बाहिरिएको थियो। तर, उक्त कुरा पनि साँचो नभएको वर्षाले बताएकी छिन्। उनले भनिन् ‘फिल्ममा मैले गर्नु पर्ने क्यारेक्टर धेरै नै गाह्रो छ। त्यसैले गर्न सक्दिन की भनेर छोड्न लागेको थिए । छोडिसकेको चाहीँ हैन्।’शिव श्रेष्ठले निर्माण गर्ने फिल्ममा दुई रियल प्रेम जोडी प्रियंका कार्की(आयुष्मान देशराज जोशी र वर्षा राउत(सञ्जोग कोइराला मुख्य भूमिकामा अनुबन्धित छन्। फिल्मलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् ।