आँचलको बोली, नफेरियोस् भोलि

दिपेन्द्र घिमिरे धेरै कलाकारको भनाइ हुन्छ ‘फिल्ममा कथाले मागेको दृश्य दिन केही आपत्ति छैन ’। तर, अभिनेत्री आँचल शर्मा केहि दृश्य दिनुपरे फिल्म नै नगर्ने बताउँछिन् ।फिल्म ‘शत्रु गते’को पत्रकार सम्मेलनमा आँचलले आफूले बेडसिन र चुम्बनको दृश्य कहिले पनि नदिने बताइन् । यी दृश्य दिनुपरेमा फिल्म नै नगर्ने उनको भनाइ थियो । कलाकारले अहिले फिल्ममा कथाले मागेको छ र यस्ता दृश्य कलात्मक तरिकाले खिचिन्छ भने बेडसिन र चुम्बन सिन दिन इस्यु बनाउँदैनन् । तर, आँचललाई त यस्तो कलात्कतामा पनि विश्वास रहेनछ । उनलाई यस्ता दृश्य भएका फिल्म निर्माताले अफर नै नगरे भयो ।
हुनत, कुनै पनि अनुभवी कलाकारले दृश्यभन्दा यसको माग र प्रस्तुतिको प्रकृति हेरेर यस्ता दृश्य गर्ने नगर्ने स्टेटमेन्ट दिन्छ । तर, आँचलले भनाइबाट उनलाई यस्ता कुनै कुरामा चासो नभएको देखिन्छ । तर, कलाकारको बोली न हो, फेरिन कति समय लाग्छ र ? केहि समय पहिले मदिरा पिएको दृश्य आए फिल्म नै गर्दिन भनेर आँचलले नै भनेकी थिइन् । तर ‘शत्रु गते’मा मदिरा पिएर टल्ली भएको दृश्य नै देख्नु परेको छ । यस्तो दिन चाँडै देख्न नपरोस् जहाँ आँचलले निर्धक्क बेडसिन र चुम्बनको दृश्य पनि दिएकी हुन् । हेरौं आँचल आफ्नो बोलीमा कतिन्जेल टिक्छिन् ?

कुन्साङको सेल्फीमा आकाश र करुणा

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_zJqjQtsu9A_8axkaglzbcp0xe1mxenmiic6kwdyawqehyjouxtftm2dtmvw24mf4lvorynl.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

प्रतिक्रिया