‘अन्जान सहर’लाई नियाल्दै नवगायक सम कामोध

गायक सम कामोधको पहिलो एल्बम प्रारब्ध भित्र समाबेस एक गीत ‘बिरानो यो सहर’को भिडियो सार्बजनिक भएको छ । गायक सम कामोधको डेब्यु एल्बमको उक्त गीतले सहर भित्रको पिडा र पिडा भित्र को सफलताको कथालाई उठान गरेको छ । सम कामोधको शब्द तथा स्वरमा रहेको अन्जान यो सहरमा मथुरा श्रेष्ठले संगित दिएका छन् ।

गीतको भिडियोमा बाबुलाल कार्कि, सुजन टुल्के र बाल कलाकार अभिमेश रायमाझीको अभिनय रहेको छ । रोहित बिक्रम कार्कीको छायाकंन र सुरेस राउतको सम्पादनमा रहेको भिडियोलाई भोला तिमल्सिनाले निर्देशन गरेका हुन् । गायक सम कामोधका पिता बाबुलाल कार्कीको वास्तविक जिबन कथालाई भिडियोमा चित्रण गरिएको छ र कार्कीको स्वयमले पनि भिडियोमा अभिनय गरेका छन ।