सिंह र हलिउड अभिनेत्री मेलानी ग्रिफिथ एउटै बेडमा सुत्छन

जंगलमा होस् या पिंजडामा सिंह आखिर सिंह नै हुन्छ । उसको एउटा आवाजले ठुला ठुला पहलमानको समेत सातो जान्छ तर आज हामी यस्तो सिंहको कुरा गर्दै छौ जसलाई देखेर तपाई एकदमै चकित पर्नुहुनेछ । जुन सिंहले सिकार गरेको देख्नु भएको छ उसको अर्को रुप हामि देखाउन गैरहेका छौ । सिंहको मित्रता मान्छेसंग विश्वास लाग्दैन भने हलिउड अभिनेत्री मेलिना ग्रिफिथ र नीलको बारेमा पढ्नुहोस ।

सिंह र हलिउड अभिनेत्री मेलानी ग्रिफिथको मित्रताको बारेमा जसले पनि सुनेका देखेका छन् सबै चकित छन् । मेलानी सिंहसंग यस्तो व्यवहार गर्छिन मानौ सिंह, सिंह नभएर उनको घरमा पालेको कुकुर हो । उठ्ने बस्ने मात्रै नभएर मेलानी ओछ्यानमा समेत संगै रहने गर्छिन । मेलानी ग्रिफिथको परिवारका सदस्यले धेरै वर्ष पहिले उपहार स्वरूप अफ्रिकाको सिंह दिएका थिए । उनी धेरै खुसि भईन् सिंहलाई लिएर । उनी सधै नजिक रहेकी थिइन् उपहार पाउदा उनी धेरै खुसि भइन । मेलानीले त्यसलाई आफ्नो बच्चा जसरी नै हुर्कौदै गइन । मायाले नील नाम राखिन । नील पनि मेलानीसंग धेरै नै नजिक भयो । कहिल्यै हानी हुने काम गरेन । उनले बताइन कि उनीहरु एउटा बिस्तारामा सुत्ने, खाना खाने र नुहाउने समेत संगै गर्छन ।