जन्मदिनमा आंचलले जुटाइन असहायहरुका लागी सहयोग

- मेराेफिल्म

नेपाली चलचित्र क्षेत्रमा पछील्लो समयकी चल्तीकी नायिका आंचल शर्माले आफ्नो २१औ जन्मदिन मनाएकी छिन् । जन्मदिनको अवसरमा उनले एक संस्थाको सहयोगार्थ रु १,००,००० (एक लाख) जुटाउन सफल पनि भएकी छन ।असहायहरुको सहयोगको लागि स्थापना गरिएको ‘स्नेहिकाख’ नामक संस्थाकालागि उनले उक्त सहयोग जुटाउन सफल भएकी हुन् । केही समय अगाडि उक्त संस्थामा जाँदा उनले पोस्ट गरेको फोटो देखेर केही ब्यक्तिहरु संस्थाका लागि सहयोग गर्न तयार भएका थिए ।

हिजो उनको जन्मदिन परेर उनीहरु आचलसँगै सोही संस्थामा आएर सहयोग रकम आचलको हातबाट उक्त संस्थालाई हस्तान्तरण गरेका हुन ।

 

२०७४ चैत ६ गते ६:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *