एक जना प्रेमिकाले मलाई धोका दिएकै हुन् – शाहिद कपुर

- मेराेफिल्म

अभिनेता शाहिद कपुर मिरा राजपुतसँग सफल बैवाहिक जीवनमा छन् । विवाह पुर्व उनको नाम धेरै जना महिलासँग जोडिएको थियो । एउटा कार्यक्रममा उनले भने एक जना प्रेमिकाले मलाई धोका दिएकै हुन् तर अर्की एकको बारेमा चाँही केहि भन्न सक्दिन ।
नेहा धुपियाको च्याट सोमा शाहिद मीरासहित उपस्थित थिए । यहि क्रममा ‘तपाइलाई कहिल्यै कोहि कसैले धोका दियो ?” भन्ने नेहाको प्रस्नमा मीराले रोक्दै नेहालाई भनिन ‘कसले भन्दा पनि कतिले भनेर सोध्नुस न ।’ शाहिदले यस प्रस्नको उत्तरमा भने ‘एक जना प्रेमिकाले चाँही धोका दिएकै हुन् तर अर्की एकको बारेमा भने केहि भन्न सक्दिन ।’ करिना कपुरसंगको ४ बर्षे सम्बन्ध अन्त्य पश्चात बिध्या बालन, प्रियंका चोपडा र सोनाक्षी सिन्हासँग समेत उनको नाम जोडिएको थियो ।

२०७४ चैत ६ गते ८:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *