राहतको पर्खाईमा खुश्बु

कहिलेकाही कलाकार काम गर्न नपरेर रेष्ट गर्न पाउँदा ठूलो आनन्दको अनुभति गर्छन् । केहि कलाकार नेपाली फिल्म क्षेत्रमा यति धेरै व्यस्त छन् कि, धेरै काम भएर खाने फुर्सद समेत पाउँदैनन् । तर, केहि कलाकारलाई भने काम पाउँदा राहत महशुस गर्नुपर्ने अवस्था छ । अभिनेत्री खुश्वु खड्का त्यस्तै अभिनेत्री हुन् ।उनी, नयाँ फिल्म ‘शिवानी’मा अनुवन्धित भएकी छिन् । यसले उनलाई ठूलो राहत दिएको छ । किनकी खुश्वुले फिल्म क्षेत्रमा लामै समय बिताइसकेकी छिन् तर उनको करियरले गति शून्य छ, उपलब्धिबिहिन । उनका कुनै फिल्म चलेनन्, ती आउने र जानेमै सिमित भए । फलत: निर्माता / निर्देशकको रोजाइमा उनी पर्न सकिरहेकी छैनन्।

 

यस्तो हुनु कुनै पनि कलाकारको लागि सुखद होइन् । यस्तोमा नयाँ फिल्म हात पर्दा राहत महशुस नहुने कुरै भएन । उनले, काम गरेको फिल्म ‘जुनी’ पनि कहिले रिलिजको अत्तोपत्तो नभइरहेको अवस्थामा ुशिवानीुमा अनुबन्धित भएकाले खुश्बुले फिल्म गर्दैछु भनेर केहि समयलाई राहतको सास फेर्न पाएकी छन् ।