प्रियंकालाई दीपक नभई नहुने

अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा छिन् । उनीहरु प्रेममा मस्त पनि छन् । तर, पर्दामा भने अभिनेत्रीलाई कलाकार दीपकराज गिरी नभई हुँदैन ।दीपकराज गिरीले अरु हिरोइनसँग रोमान्स गरेको समेत प्रियंका देख्न सक्दिनन् । यसैले, ‘वडा नम्बर ६’देखि ‘छक्का पन्जा २’ हुँदै ‘सत्रु गते’ सम्म यी दुइकै बोलबाला छ । अब, त फिल्म ‘छक्का पन्जा ३’मा पनि प्रियंका र दीपककै जोडी देखिने भएको छ । प्रियंका आफूलाई दीपक दाइसँग हक लाग्ने बताउँछिन् । दीपकले अरु हिरोइनसँग रोमान्स गरेको प्रियंका अब हेर्न नसक्ने अवस्थामा पुगेकी छिन् । दीपक पनि प्रियंकासँग काम गर्दा सहज हुने बताउँछन् । यसैले, यो जोडीको सिरिज निकै लामो हुने वुझिन्छ । आखिर, अब हक नै लाग्न थालेपछि दीपक र प्रियंकाको जोडी छुटाउने हिम्मत पनि कसले गरोस् ?