दोधारमा मरिस्का

फिल्म ‘लम्फू’को  गीत ‘दोधार परे म’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलको स्वर रहेको उक्त गीतमा नायिका मरिस्का पोखरेल र नायक कबिर खड्का देखिएका छन ।फिल्ममा रमजी लामिछने र शिव बि.क.को कोरियोग्राफी, दिपक बज्राचार्यको छायाङ्कन, अस्ट महर्जनको द्वन्द र हरी सिलवालको सम्पादन रहेको छ । कथा, पट्कथा तथा सम्बाद भुपतीको रहेको फिल्मलाई शक्ती बल्लभ घोरासैनीले निर्माण गरेका हुन । फिल्म गोपाल चन्द्र लामिछनेको निर्देशनमा तयार भएको हो । चलचित्रका अन्य कलाकारमा सलोन बश्नेत, चाँदनी शर्मा, सन्जित भण्डारी, बाल कलाकार कुसग्र भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म यही बैसाख २८ देखी अल नेपाल रिलिज हुँदै छ ।