पिताको जन्मदिनमा आंचलको ‘कविता’ उपहार

नायिका आंचल शर्माले आफ्नो पिताको जन्मदिन पारेर उनकालागी लेखिएको एक कविता फेसबुकमा पोस्ट गरेकी छन ।

राम्रो लेख्न त आउँदैन तर पनि मेरो सानो प्रयास, भन्दै उनले पोस्ट गरेको कविता यस्तो छ :
बाबा
रुवाउदिन तिमीलाई गर्दिन गल्ती झुक्छ यो सिर तिम्रो मात्र अगाडि
रिसाउछौ तिमी जब मसँग रुन्छ मन तर भन्दिन कै पनि
तिमीले गरेको हरेक चिज संघर्श यी मेरा लागि
लेखेको छु मैले मनको पानामा यसलाई ग्रन्थ जसरी
बेला बेला पढ्छु अनी सम्झिन्छु कती महान तिमी
सबै त्याग्यौ मेरै लागि
रोयौ पनि मेरै लागि
बुबाको प्यारी
मै हो त्यो भाग्यमानि
रुघा खोकी मात्र हो तर देक्चु जब भिजेका तिम्रा आखा
रसाउछन यी मेरा पनि
खादा जब सर्किन्छ तिमीलाई
रोकिएला झै लाग्छ सास मेरो पनि
मुटु जब दुख्छ तिम्रो
मरुला झै हुन्छ मलाई पनि
पिडा तिमीलाई असर यो मलाई पनि
बुबा मेरो जीवन हो तिमी
आकाश हौ तिमी
धर्ती हौ तिमी
आमा बुबा संसार हो तिमी
मेरो साह्रै खास हौ तिमी