प्रिमियरका लागि प्रदिप र जसितासंगै ‘लिली बिली’ टिम जापानमा

- मेराेफिल्म

फिल्म लिली बिली प्रिमियर शो का लागि लिली बिली टिम जापान पुगेको छ ।

आइतबार साँझ ६ बजे (जापानी समय) टोकियोस्थित नकानो जिरो हलमा हुने प्रिमियरका लागि नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाही लगायत जापान पुगेका छन । नेपालमा चैत्र ३० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदिप र जसिताका अलावा प्रियंका कार्की, अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतको समेत अभिनय रहेको छ ।

गोविन्द शाही र सुदिप खड्काको संयुक्त निर्माण रहेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

२०७४ चैत १८ गते ९:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *