हिल्टनले नाच्दानाच्दै २१ करोड मूल्यको औँठी हराएपछि


अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् । लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ । त्यहाँ उपस्थित मान्छेहरूले बताए कि उनी हात हल्लाउँदै नाचिरहेकी थिइन् ।

नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन्, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो । उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे । आखिर एक आइस बास्केटमा उनको औँठी फेला प-यो ।