प्रियंकाको जुत्ता नै एक लाखको ?

प्रियंका चोपडालाई बलिउडकी फेसनेवल हिरोइनको रूपमा लिइन्छ । प्रियंका कपडाका साथै फुटवेयरकी पनि सौखिन छिन् । यही कारण पनि प्रियंकालाई आकर्षक ड्रेससँगै चर्चित डिजाइनरले बनाएका जुत्ताको साथमा देखिन्छ । बलिउडमा एकपटक लगाएको कपडा दोस्रोपटक लगाउने चलन कम छ, तर प्रियंका चोपडा ती अभिनेत्री भन्दा फरक छिन । उनलाई दोस्रोपटक त्यही कपडा लगाउन कुनै संकोच लाग्दैन । हाल प्रियंका सेतो रङको जुत्तामा देखा परिन ।
यस भन्दा पहिले पनि प्रियंका त्यही जुत्तामा देखा परेकी थिइन् । प्रियंकाले एउटै जुत्ता बारबार लगाउनुको एउटै कारण यो जुत्ताप्रति उनको लगाव हो । उनको उक्त जुत्ताको मूल्य सुन्दा धेरैलाई महँगो लाग्न सक्छ । यस जुत्ताको मूल्य ८ सय ६४ हलर अर्थात लगभग ९० हजार नेपाली रुपैयाँ रहेको छ । प्रियंकाले पहिलोपटक यो जुत्ता सलमानकी बहिनी अर्पिता खानका साथ ‘नाइट आउट’ को क्रममा लगाएकी थिइन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया