अक्षय कुमार टाईगर श्रफको फ्यान 

केही समय अघि टाईगर श्रफको फिल्म ‘बागी २’ रिलिज भएको थियो । फिल्ममा टाइगरको जबरदस्त एक्सनको खुब तारिफ भइरहेको छ । फिल्मले बक्स अफिसमा पनि कमाल गरिरहेको छ । दर्शकले पनि टाईगरको एक्सनको तारिफ गरिरहेका छन् । टाईगरले सलमान र अजय देबगनलाई पनि पछाडी पारेका छन् । अजय देवगण र सलमानलाई पछाडी पार्न सजिलो भने छैन ।

अक्षय कुमारले पनि केहि दिन अघि फिल्म हेरेका थिए र उनले ट्वीट गर्दै टाईगरलाई बधाइ दिए र बलिउडका टोनी जा  भन्दै उनलाई बधाई ज्ञापन गरे । बताइन्छ कि टोनी जा एक इन्टरनेशनल लेबलमा आफ्नो मार्शल आर्टसबाट चिनिने एक एक्टर हुन् । अक्षय कुमारको यो तारिफले सायद टाईगर मख्ख होइन लजाउन सक्छन् ।  किनभने अक्षय कुमारलाई बलिउडका एक्सन हिरो भनेर चिनिने गर्दछ । उनको तारिफ टाईगरका लागि ठूलो कुरा हुनेछ । त्यसैले बागी २ यस बर्षकै सबै भन्दा ठूलो एक्सन फिल्मका रुपमा मानिन सक्ने सम्भावना रहेको छ । तर फेरी यहि बर्ष अक्षय कुमारको पनि धमाकेदार एक्सन तथा साइन्स फिक्सन फिल्म आउने भएको छ । अक्षय कुमारको मात्र नभएर अन्य  ७ ओटा एक्सन फिल्म आउने वाला छन् । हेर्न बाकीं छ  सबैभन्दा ठूलो एक्सन फिल्म कुन बन्छ ।