‘पल पल हरपल’ आँचललाई खोज्छन आकाश

सधैं जसो पलको जोडी भनेर चिनिने नायिका आँचल शर्मा पछील्लो फिल्म ब्ल्याकमा भने नायक आकाश श्रेष्ठसँग देखिएकी छिन् । तर पनि ‘पल’ शब्दले भने उनलाई छोडेको छैन । संयोग मान्नु पर्छ जेठ ११ गतेबाट रिलीज हुने ब्ल्याकको दोश्रो गितको शब्दले नि उही पलको याद दिलाउँछ ‘पल पल हरपल’ ।

सार्वजनिक गीतमा आचलसँगै नायक आकाश खड्का फिचर छन । डा. कबिराज वान्तवाको शब्द तथा महेश खड्काको संगीत रहेको गितमा सुगम पोखरेलको स्वर रहेको छ । भिडियोलाई रमजी लामिछनेले कोरियोग्राफी गरेका हुन । करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए ।

कार्यक्रममा बोल्दै निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन । रामशरण उप्रेतीको छायाङ्कन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको अभिनय रहेको छ ।

फिल्मलाई राजधानीमा गोविन्द शाही तथा मोफसलमा उज्जल पौडल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।