हमालको केपी मोह

अभिनेता राजेश हमाललाई अहिले दर्शकले न फिल्ममा देख्छन्, न त सार्वजनिक कार्यक्रममा नै । विदेश भ्रमण र घरयासी जीवनमै हमाल रमाइरहेका छन् । चलचित्र कलाकार संघले शुक्रबार बेलुकी आयोजना गरेको ‘दोश्रो फान अवार्ड’मा हमाल पुगेनन् । अन्य थुप्रै कलाकार पुग्दा हमालको उपस्थिती भएन । राजेश हमाल किन आएनन् यो उनले नै जान्ने कुरा भयो ।

तर, शनिबार भने एकाएक हमाल बालुवाटारमा झुल्किए । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारका लागि दिएको दिवा भोजमा हमालको उपस्थिती भयो । हमाललाई फिल्मीकर्मीले पनि लामो समयपछि भेटेका थिए । यसैले, उनीसँग सेल्फी खिच्ने कलाकारको लर्को पनि लामै थियो ।
सबैलाई थाहा छ, स्थानिय निकायको चुनावमा हमालले आफ्नो क्षेत्रका एमाले उम्मेदवारका लागि खुलेरै भोट मागेका थिए । केपी ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि पनि उनले वधाई दिएका थिए । हमाल केपी ओलीका फ्यान पनि हुन् । हमालको बालुवाटार उपस्थिती कतै, केपी ओली मोहका कारण त होइन ?