शिवको मात नलाग्ने रक्सी र हात नलाग्ने माया (भिडियो सहित)

पछील्लो समय गायक शिव परीयार र रक्सीको बिचको सम्बन्ध निकै प्रगाड छ । रक्सिले उनको साथ छोडेको छैन । रक्सिले नै उनलाई राम्रै चर्चा दिरहेको छ ।
कहिले म पिउने भन्दा मलाई पिलाउनेको बदनामी भो भन्दै चर्चामा आएका त कहिले साथीले पिलाएर चर्चामा आए । अहिले उनी मात नलाग्ने रक्सीका कारण चर्चामा छन् । रक्सीसँग सम्बन्धित उनको एल्बममा समाबेश यो तेश्रो गीत हो । पछील्लो समय उनको ११ औँ एल्बम शिवालयमा समाबेश ‘मात नलाग्ने’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतले मात नलाग्ने भने पनि उनको स्वरको जादुले श्रोता दर्शकलाई पक्कै मात लाग्ने छ । आनन्द अधिकारीको शब्दमा आसिश अबिरलको संगीत रहेकोको भिडियोलाई निकेश खड्काले निर्देशन् गरेका छन । नायिका प्रियंका कार्की र बिशाल लामा फिचर गरिएको उक्त भिडियोलाई उत्तम हुमागाईले छायाङ्कन गरेका हुन । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया