‘श्वेता जी र मेरो पिडा एउटै भएकाले ‘कान्छी’ हेर्न आएको हुँँ – पुर्व प्रधानमन्त्री प्रचण्ड

‘श्वेता जी र मेरो परिवारको पिडा एउटै भएकाले पनि कान्छी हेर्न आएको हुँँ । हाम्रो पिडा एउटै हो । हामी एक अर्काका साथी हौं । देश र जनताको लागि श्वेताजीलाई शोकलाई शक्तिमा बदल्न आग्रह गर्दछु’, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलचित्र कान्छीको पोलिटिकल शोमा बोल्दै यो अभिब्यक्ती दिएका हुन । पुरै फिल्म हेरेका प्रचण्डले कान्छी फिल्म र कलाकारको कामको प्रशंसा समेत गरे ।

कान्छी हेर्न प्रचण्ड परिवार सहित उपस्थित भएका थिए । आकाश अधिकारी निर्देशित कान्छीको पोलिटिकल शोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, नयाँ शक्तिकी वरिष्ठ नेतृ हिसिला यमी लगायतको उपस्थिती थियो ।

कान्छीको पोलिटिकल शोमा पुराना पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई पुर्व प्रधानमन्त्रीको हातबाट सम्मान गरिएको थियो ।

शो सकिएपछि माझी बस्ती निर्माणका लागि इजी रेमिटेन्सले पचास हजार र प्रकाशबाबु थापाले एक लाख दश हजार श्वेतालाई हस्तान्तरण गरे । बैशाखसम्म माझी बस्ती बनाएर हस्तान्तरण गर्ने श्वेताले जानकारी दिइन ।