भाको कुरामा किन खण्डन गर्नुप¥यो र प्रदिप जी ?

फिल्मीकर्मीलाई आफ्नो अनुकुलको बिषय मिडियामा आएन भने खण्डन गर्न हतारो हुन्छ । सत्य कुरामा पनि खण्डन गरेर उनीहरु पन्छिन् खोज्छन् ।

अहिले, अभिनेता प्रदिप खड्कालाई यस्तै समस्या छ । उनी, अहिले मिडियामा फिल्म ‘लिलिबिली’ बाहेक अन्य कुनै पनि बिषयमा खबर नआओस् भन्ने चाहिरएका छन् । तर, उनले काम गर्न लागेका नयाँ नयाँ फिल्मको नाम मिडियामा सार्वजनिक भैरहेको छ । जसलेगर्दा, उनलाई हैरानी भएको छ ।

प्रदिपले फिल्म ‘भैरवी, रोजी र सोलीडोली’ गर्ने भनेर मिडियामा खबर आयो । फिल्म ‘भैरवी’को बिषयमा त उनले केहि पनि बोलेनन् । तर, ‘रोजी र सोलीडोली’ आफूले गर्न नलागेको भन्दै प्रदिपले मिडियामा बयान दिए ।

अब, यी दुबै फिल्म बन्ने र प्रदिपले काम गर्ने कुरा फाइनल छ । तर, पनि प्रदिपलाई यी फिल्मको खबरले टाउको दुखाई नै बनाएको छ । प्रदिप होइन कि होइनको रटान लगाइरहेका छन् ।

आफूले गर्न लागेको फिल्म हो भन्न प्रदिपलाई किन यति अप्ठ्यारो होला ?