४९ बर्षका भए अजय देवगन,बर्थडेमा उनको नदिखिएका फोटोहरु

अजय देवगन ४९ बर्षका भए । २ अप्रिल १९६९ मा नयाँ दिल्लीमा जन्मेका अजय देवगनका असली नाम विशाल वीरु देवगन हो भने उनलाई परिवारमा मायाले राजू भनेर बोलाउने गर्थे । उनले २७ बर्षमा फिल्म इन्डस्ट्रिमा इन्ट्रि गरेका थिए ।धेरै बर्षको दौरानमा उनको लुक्स धेरै चेन्ज भएको देख्न सकिन्छ ।उनको यस्ता फोटोहरु छन् जो थोरै जनाले मात्र देखेका छन् । अब अजयको बर्थेडेमा हामी अजयका केही फोटोहरु देखाउने छौ साथै उनका जिन्दगीमा जोडिएर केहि कुराहरु गर्ने छौ ।उनले १६ बर्षका उमेरमा फिल्ममा डेब्यू गरेका थिए । उनी चाइल्ड आर्टिस्टका रुपमा ‘प्यारी बहना’ मा मिथुन चक्रवर्तीको योंगर भर्जनमा देखिएका थिए । उनले लीड एक्टरको रुपमा १९९१ मा फिल्म ‘फूल और काडा’ बाट डेब्यू गरेका थिए उनलाई एक्ट्रेस् मधुले साथ दिएका थिए भने फिल्म सुपरहिट भए ।


अजय देवगनका पिता वीरु देवगन मान्ने गन्ने स्टंट कोरियोग्राफर थिए भने उनका माता वीणा प्रोड्यूसर थिए । अजयको एक भाइ पनि छन् जस्को नाम अनिल देवगन हो ।वीरु स्टंटका साथसाथै प्रड्यूसर ,डाइरेक्टर , राईटर पनि थिए । उनले १९९९ सालमा ‘हिंन्दुस्तान की कसम’ लाई डाइरेक्ट गरेका थिए ।अजयले १९९९ मा एक्टेस काजोलसँग विवाह गरेका थिए ।उनीहरुको दुई बच्चा छन् यूग र न्यासा ।अजयले ‘जिगर’  १९९२ , ‘एक रिस्ता’ १९९३ , ‘विजयपथ’ १९९४ ‘सुहाग’ १९९४ , ‘हलचल’ १९९५ , ‘हम दिल दे चुके सनम’ १९९९ , ‘राजू राजा’ २०००, ‘गंगाजल’  २००३, ‘यूवा’ २००४ , ‘ओमकारा’  २००६ ,’गोलमाल रिटर्न’ २००८ ,’बोल बच्चन’ २०१२ लगायतका अन्य थुप्रै फिल्महरुमा काम गरिसकेका छन् । अहिले उनी नयाँ फिल्म ‘टोलट धमला’  र ‘एला’ मा ब्यस्त छन् ।
.