कलाकार श्रेष्ठलाई पत्नीशोक

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ । लामो समय देखी क्यान्सरबाट ग्रसित उनको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक श्रोतले पुस्टी गरेको छ । उनको हिजो राती १०:४५ मा उपचारको क्रममा अस्पताल मै मृत्यु भएको हो ।
२०३० सालमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । उनीहरुका दुई सन्तान यमन र सरना रहेका छन् ।
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएको थियो । निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया