फिल्म ‘कृ’को नयाँ गित सार्बजनिक, विवादित गीत यूट्युबबाट हटाइयो

गीत विवाद टुङ्गिएसँगै फिल्म ‘कृ’को गीत यूट्युबबाट हटाइएको छ । ‘ओरालिमा अघी अघी’ बोलको गीत हटाएर कृ यूनिटले अहिले ‘ढुक ढुकी’ बोलको गीत यूट्युबमा सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा अल्मोडा राना उप्रेतिकै संगीत र स्वर रहेको छ भने शब्द सविन एकतारे र अल्मोडा स्वयमको रहेको छ । गीत विवाद प्रहरीसम्म पुगेपछी रु ११ लाख क्षतिपुर्ती तिरेको ‘कृ’ यूनिटले हाल गीत परिवर्तन गरेको हो । ‘हाल सार्वजनिक गीत पहिले ‘कृ’ कै लागि कम्पोज भएको थियो । भुवन केसी दाईले यो गीत नहालेर उकालीमा पछी पछी गीत हाल्ने भनेपछी त्यो गीत हालेका थियौँ’ निर्माता सुबाश गिरिले मेरोफिल्मसँग भने ।