विराट र अनुष्का ब्रिटिश हाई कमिसन बाहिर


विराट कोहली र अनुष्का शर्मालाई एकै साथमा भेट्न गारो हुने गर्छ । उनीहरुको बिवाह ईटालीको टुसकानीमा डिसेम्बर २०१७ मा भएको थियो । बलिउडका चर्चित कपलका रुपमा चिनिएका यी जोडी समयको अभावका कारण एकअर्कासँग मुस्किलले भेट्ने गर्छन् । जब उनीहरुसँगै देखिन्छन् तब सोसल मिडियामा चर्चाको बिषय बन्ने गर्छ ।

यी जोडीलाई भर्खरै ब्रिटिस हाई कमिसनको बाहिर देखिएको छ । उनीहरु फोटो खिच्ने मूडमा देखिदैन थिए, दुबै हतारमा थिए । अनुष्का आफ्नो नयाँ फिल्ममा व्यस्त छिन भने विराट ईन्डियन प्रिमियर लिगको तयारी गर्दै छन् । खेल अर्का महिना देखि सुरु हुदै छ । त्यही क्रममा अनुष्काले दुई दिन लिभ लिएर विराटलाई भेट्न आएको एक भारतिय च्यानलले बताएको छ ।

विराट कोहली र अनुष्काको विवाह भब्य भएको थिएन । विवाहमा परिवार लगायतका केही नजिकको साथीहरुको मात्र उपस्थिती रहेको थियो । उनीहरु इन्डिया फर्केपछि आफ्ना अरु साथीहरु र आफन्तहरुलाई दिल्ली र मुम्बईमा गरि दुई ठाउँमा ग्रान्ड पार्टि दिएका थिए । त्यसपछि दुबै साउथ अफ्रिका नयाँ बर्ष मनाउन गएका थिए । विराट त्यही इन्डियालाई खेलमा लिड गर्न बसे भने अनुष्का नयाँ फिल्म ‘जेरो’ र ‘सुई धागा’ को सुटिङ्का लागि मुम्बई फर्केकी थिइन् ।