प्रियंकालाई जसिताकै चुनौती

फिल्म ‘लिलिबिली’ अभिनेत्री प्रियंका कार्कीका लागि लक लागेको फिल्म हो । यो फिल्ममा सुरुमा अर्कै अभिनेत्री थिइन्, तर प्रियंका एकाएक पछि प्रवेश गरिन् । प्रियंकाको आगमनसँगै यो फिल्मकी नयाँ अभिनेत्री जसिता गुरुङको मुटुमा ढ्याङ्ग्रो बज्छ भनेर धेरैले सोचेका थिए । कारण, देशकै चर्चित अभिनेत्री र अभिनेताको ट्यूनिङ भएपछि जसितालाई कसले भाउ दिने ?

तर, फिल्म रिलिजको दिन नजिकिदै जाँदा मानिसले सोचेको भन्दा ठ्याक्कै उल्टो भएको छ । अहिले, प्रियंकाको मनमा जसिताले घन्टी बजाइदिएकी छिन् । फिल्मको जापानमा शो भैसकेको छ । जापानमा फिल्म हेर्ने दर्शकले जसिताको खुलेरै प्रशंसा गरेका छन् । फिल्मको गीत, ट्रेलरमा आएका प्रतिक्रिया हेर्दा पनि जसिताले प्रियंकाको छायाँ आफूमाथि पर्न दिएकी छैनन् । प्रियंका अहिले भूमिका भन्दा पनि धेरै फिल्ममा आफूलाई उभ्याइरहेकी छिन् । जसलेगर्दा, नयाँ अभिनेत्रीहरुले नै उनलाई चुनौती दिन थालेका छन् ।