विश्वकै कान्छो निर्देशकको ‘हैरान’ पोस्टर सार्वजनिक

विश्वकै कान्छो निर्देशक सौगात बिष्टको निर्देशन रहेको फिल्म ‘हैरान’को पोस्टर सार्वजनिक भएको छ ।

सौगातको यस अघी डेब्यु निर्देशन रहेको फिल्म लभ यू बाबा सार्वजनिक भैसकेको छ । सोहि फिल्मबाट उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्व कै कान्छो निर्देशकको रुपमा नाम लेखाउन सफल भएका थिए । ‘हैरान’ सौगात निर्देशित दोश्रो फिल्म हो । कमेडी जनरमा तयार गरिएको फिल्ममा बुद्धी तामाङ, सरोज खनाल, वसिम राजा, सत्यराज आचार्य, गजित बिस्ट, सागर लम्साल, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा बनेको फिल्म मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । कथा तथा कोरियोग्राफी गम्भीर बिस्टको रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द, सत्यराज आचार्य, स्वरुपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, नवराज उप्रेती र निरज कडेलको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्म जेठ ४ गतेबाट प्रदर्शनमा आउदै छ ।