मरिष्काको घुर्की

फिल्म ‘के म तिम्रो होइन र’बाट अभिनेता आर्यन अधिकारीले डेब्यू अभिनेताको विधामा अवार्ड जितेको जितै छन् । तर, यो फिल्मबाटै डेब्यू भूमिकामा आएकी अभिनेत्री मरिष्का पोखे्रेलको हातमा कुनै अवार्ड परेन । मरिष्काले केहि फिल्ममा अभिनय पनि गरिसकेकी छिन् । तर, मरिष्कालाई नोटिस कमै मात्र गरिएको छ ।
तर, मरिष्काको घुर्की भने कम भएको छैन । फिल्म ‘लम्फू’को शिर्ष गीत छायांकनका क्रममा मरिष्काको घुर्कीले यसको निर्माण टिमले हैरानी ब्यहोर्यो । ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतको भिडियो छायांकनका क्रममा मरिष्काले निकै दुख दिइन् । पोखरामा रहेकी मरिष्काले निर्माण टिमलाई आफूले समय दिने, आउनुहोस् भनेर बोलाइन् तर मुग्लिन पुगेको टोलीलाई आफूले नसक्ने भन्दै फर्काइदिइन् ।
मरिष्काले फिल्मको प्रचारमा खासै वास्ता गरेकी छैनन् । मरिष्का नेपाली फिल्म क्षेत्रमा त्यस्तो चलेकी अभिनेत्री होइनन् । तर, अहिलेदेखि नै यसरी घुर्की लगाउने र दुख दिन थालिन् भने, उनको भविष्य के होला र खै ?