आकाश अभिनयमा पनि दम देखाउने की ?

बुधबार बेलुकी फिल्म ‘तिमी सँग’को प्रिमियर भयो । फिल्मको प्रिमियर सकेर बाहिर निस्किएका सबैले अभिनेता नाजिर हुसेनको तारिफ गरे । तर, प्रिमियरमा नपुगेका अभिनेता आकाश श्रेष्ठमा अझै पनि दम नपुगेको प्रतिक्रिया धेरैले दिएका छन् ।
आकाश अहिले व्यस्त छन् । ६ महिनामा उनका ४ वटा फिल्म रिलिज हुँदैछन् । तर, सबै फिल्ममा आकाशलाई उत्कृष्ट अभिनयको च्यालेन्ज छ । आकाश अहिले धेरै फिल्ममा काम गर्ने धुनमा छन् । उनले, अभिनेत्री पूजा शर्माले निर्माण गरिरहेको फिल्म ‘रामकहानी’मा काम गरिरहेका छन् । यो फिल्ममा पनि हाँस्य कलाकारको बाक्लो उपस्थिती छ । आकाशको चकलेटी अनुहारलाई त फिल्मीकर्मीले पत्याएका छन् । तर, अभिनयमा दम नदेखाउने हो भने क्रेडिट अरुले नै लान बेर छैन ।
यसैले, फिल्मको व्यस्त सेड्यूलबाट समय निकालेर आकाशले अभिनयलाई दमदार बनाउन पनि ध्यान दिने हो की ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया