हिरोजको दुई गीत एकसाथ सार्बजनिक

फिल्म ‘हिरोज’को दुई गीत पप्पी देउ र मेहेनत आफै गर एकसाथ रिलिज भएको छ । प्राश्ना शाक्य र टंक बुढाथोकीको स्वरमा रहेका पप्पी देउ गीतमा शब्द संगीत टंक बुढाथोकी कै रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने संजोग राणा र पूर्णिमा लामालाई फिचर गरिएको छ ।
त्यसैगरी ‘मेहेनत आफै गर’ गीतलाई राजेश पायल राई, जुनु रिजाल, रन्जित शाहनी, डेबिट शंकर लगायतले स्वर दिएका छन् । गीतमा करिश्मा मानन्धर, पूर्णिमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ, दिलकृष्ठ श्रेष्ठ लगायतका कलकारहरु फिचर छन ।
संजोग रानाले शब्दमा बिकाश चैधरीको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजकै कोरियोग्राफी रहेको छ । पूर्णिमा लामा निर्मित जय लक्ष्मी फिल्मस्को ब्यानरमा तयार भएको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ, दिलकृष्ण श्रेष्ठ लगायतका कलकारहरुको अभिनय रहेको छ । फिल्मको कथा चेलीबेटी बेचबिखन, बेरोजगारी, सडक बालबालिकामा आधारित रहेको निर्माण टिमले बताएको छ । फिल्म चैत २३ गते देखि रिलिज हुँदैछ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया