बिस्वकै अग्लो स्थानमा रहेको मानब बस्ति छार्कामा फिल्म ‘म्हेन्दू’

मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेका फिल्म म्हेन्दू को शुभ मुर्हत गरिएको छ । मुर्हत कार्यक्रममा पर्यटन मन्त्रि रबिन्द्र अधिकारी, बरिस्ट कलाकार निर शाह लगायतको उपस्थिति रहेको थियो । हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबिचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली फिल्म हो ।
जनमानसमा भइपरी आउने दैविक प्रकोपको पिडा अनि त्यस समुदायमा ब्याप्त अन्धबिस्वास र रुढीबादी चिन्तनलाई कथाको रुपमा फिल्ममा प्रस्तुत गरिने छ । फिल्मको हिमाली जिल्ला डोल्पाको सेफोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारीमा अबस्थित बिस्वकै सबै भन्दा अग्लो स्थानमा रहेका मानब बस्ति छार्कामा छायांकन गरिने छ ।  देब नेपालको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा सोनु राई, नव नायक भोला तिमल्सिना र रमेश सोढारी को अभिनय रहनेछ ।
एस राज कुमार, बिन्दा थिङ, कालु राणा, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडा आदि कलाकारको समेत फिल्ममा अभिनय रहने छ । अर्जुन प्रसाद डोटेल र रामकुमार अधिकारीले फिल्म संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेका यस फिल्ममा बुद्धिमान तामाङ र दुुर्गा साहारा खड्का सह निर्माता रहेका छन । सुदिप डोटेलको प्रस्तुति फिल्म म्हेन्दू २०७५ बैसाख पहिलो हप्ताबाट फ्लोरमा जाने छ । रोहित बिक्रम कार्कीेले फिल्म छायांकन गर्नेछन् । फिल्म करिब १ करोड २५ लाखको लागतमा निर्माण हुने छ ।
पुरुषोतम पौडेल रसुवा, बिमल डाँगी र सरोज कोइरालको शब्द रहेको फिल्ममा समाबेस गीतिमा कुमार लामा योन्जन, बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । बिध्या तिवारी, कुमार लामा र सरोज कोइरालाले फिल्मको गीतमा आवाज भरेका छन् । फिल्म भाद्र अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ । नेपाली, अंग्रजी, जापानिज र भोजपुरी भाषामा चलचित्रको डबिंग गरि अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गरिने समेत निर्माण टिमले जानकारी दिएको छ ।