बाबु बोगटी पहिलो पटक लाइभ ब्यान्ड कन्सर्टमा

गायक बाबु बोगटी पहिलो पटक लाइभ ब्यान्ड कन्सर्टमा देखिने भएका छन ।आफ्नो सांगीतिक यात्रामा अहिले सम्म लाइभ ब्यान्ड प्रस्तुति नदिएका बोगटीले नयाँ वर्षको अवसर पारेर आफ्नो ब्यान्ड नेपालयसँगै कन्सर्टमा देखिन लागेका हुन ।
आलिशान लाउन्ज हात्तीसार काठमाडौंमा हुने लाइभ ब्यान्ड कन्सर्टमा उनले १ दर्जन बडी गीत गाउने छन । बोगटिले सान्नानी, जमुना, तुलसी आँगनमा रोपौँला लगायत दर्जनबढी हिट गीत नेपाली संगीत क्षेत्रलाई दिइसकेका छन ।