निराजनलाई लभर ब्वाई बनाउँदै कृषा

म्युजिक भिडियोमा निकै रुचाइएका मोडल निराजन प्रधान अब सोलो हिरोका रुपमा फिल्मी पर्दामा देखिने पक्का भएको छ । म्युजिक भिडियोमा एकछत्र राज गरेका निराजन फाट्टफुट्ट केही फिल्ममा देखिए पनी सोलो वा मुख्य भूमिकामा कुनै पनि फिल्ममा देखिएका छैनन । म्युजिक भिडियो अभिनयमा उनको तारिफ नभएको होइन ।
भिडियोको लागि धेरै निर्देशकको रोजाई बन्ने गरेका निराजन फिल्मको लागि निर्देशक भन्दा पनि राम्रो स्क्रिप्टको पर्खाइमा थिए । उनी भन्छन ‘म्युजिक भिडियोमा दर्शकको जुन साथ र माया पाएको छु फितलो स्क्रिप्ट वा असुहाउँदो रोलका कारण म दर्शकको मनमा बिझ्न चाहँदिन । वेट गर्छु तर राम्रो स्क्रिप्ट र रोलमा मात्र काम गर्छु भनेर अहिले सम्म कुरेँ । सायद अब समय आयो मेरो फेभरमा । शो फिल्म गर्दै छु ।
‘उसो त उनका समकक्षी पल शाह, पुष्प खड्का, बिनोद न्यौपाने लगायत फिल्ममा ब्यस्त हुन थालिसकेका छन । उनी भने स्क्रिप्ट कै पर्खाइमा बसे । उनले डेब्यु गर्न लागेको नाम नखुलेको फिल्मको निर्देशन क्रिशा चौलागाईँले गर्नेछिन् । फिल्मको थप जानकारी आउन बाँकी छ । तर निराजनले भने कन्ट्राक्ट साइन गरिसकेका छन ।
यसअघी निराजनले फिल्म प्रेमालयमा डेब्यु गर्ने भन्ने चर्चा चलेपनी अहिलेसम्म त्यसको अधिकारिक खबर बहिरिएको छैन । चकलेटी मोडलको रुपमा चर्चा कमाइसकेका निराजन फिल्ममा डेब्यु गर्दै गर्दा बिबिध प्रश्न पक्कै उब्जन्छ, ‘के उनी आफ्ना समकक्षीको बाटोमा हिंड्न सक्छन या एउटै फिल्मबाट थाक्छन् ?  उनले भिडियोमा कमाएको साख फिल्मले जोगाउन सक्छ की सक्दैन ? म्युजिक भिडियोमा रुचाइएका निराजनलाई फिल्ममा दर्शकको साथ कस्तो होला ? के समकक्षीका लागि उनी चुनौती बन्न सक्लान ?
यी प्रश्नका बिच सुरु हुन लागेको निराजनको फिल्मी करियर कस्तो हुनेछ त्यो फिल्म रिलिज पछी नै थाहा होला ।
फोटो : सम्बन्धित व्यक्तिको फेसबुकबाट