श्रृष्टीले ‘गाजलु’को क्रेडिट कहिलेसम्म खाने ?

फिल्म ‘गाजलु’को क्रेडिट अभिनेत्री श्रृष्टी श्रेष्ठले अझै पनि खादै छिन् । ‘दोश्रो फान अवार्ड’मा उनले उत्कृष्ट नव–अभिनेत्रीको अवार्ड पाइन् । यो फिल्म रिलिज भएको २ बर्ष हुन लागिसक्यो । तर, त्यसपछि पूर्व मिस नेपालको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । नयाँ फिल्म नआउँदा श्रृष्टीलाई ठूलै असर परेको छ ।
फिल्म ‘रोमियो एन्ड मुना’ अहिलेसम्म रिलिज भैदिएको भए श्रृष्टीलाई राहत हुन्थ्यो । तर, यसका निर्माता तथा अभिनेता विनय श्रेष्ठको विकिनी मोहले फिल्मलाई असर पर्यो र प्रदर्शन पछि सर्यो । अब, यो फिल्मको नयाँ डेट फाइनल गरिएको छैन ।
श्रृष्टी अहिले ओझेलमा छिन् । अभिनेता सौगात मल्लसँगको प्रेमका कारण कहिलेकाही मिडियामा छाएपनि त्यसले श्रृष्टीलाई नै असर गरेको छ । सौगातको प्रेमले सस्तो प्रचार हुनु, नयाँ फिल्म रिलिज नहुनु । नेपाली फिल्म क्षेत्रले श्रृष्टीलाई पत्याउन अझै मुश्किल छ । श्रृष्टीले प्रेमको यात्रासँगै आफ्नो करिअरलाई पनि सोच्नुपर्ने बेला आएको छ ।