प्रधानमन्त्रीलाई कलाकार भन्दा दीपकराज गिरी विवादमा

हाँस्य कलाकार तथा फिल्म निर्माता दीपकराज गिरी फेसबुकमा विभिन्न खालका स्टाटस लेख्छन् । दीपकले देशको परिस्थिती, फिल्म क्षेत्रको अवस्थालाई लिएर दैनिकजसो स्टाटस लेखिरहेका हुन्छन् । तर, उनले लेखेका स्टाटसले कहिलेकाही विवाद निम्त्याउँछ ।
दीपकले शुक्रबार एउटा स्टाटस लेखे–‘कलाकारको महत्व कलाकारले नै वुझ्छ भन्थे केपिले बुझेछन् । आफ्नो भ्रमण दलमा कलाकारलाई राखेर…धन्यवाद ।

दीपकराज गिरीले देशकै प्रधानमन्त्रीलाई कलाकार भनेपछि उनी विवादमा तानिएका छन् । उनका फेसबुकमा आएका कमेन्ट हेर्दा उनलाई धेरैले प्रधानमन्त्री कसरि कलाकार भए भन्दै प्रश्न गरेका छन् ।
दीपकराजले स्टाटसमा आएका कमेन्टमा जवाफ पनि दिएका छन् । तर, कतिपयले आफूले लेखेको स्टाटसको भाव हरेक कमेन्ट गर्नेलाई किन वुझाउनुपर्यो भन्दै कमेन्ट गरेका छन् ।
दीपकराज गिरी हाँस्य कलाकार हुन्, साथमा एउटा चर्चित सेलिव्रेटी । उनले लेख्ने र भन्ने कुराले मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गर्छ । उनले कतिपय संवेदनशिल कुरामा पनि हाँस्यरस मिसाउन खोज्छन् । तर, फिल्म निर्माणमा जस्तो हरेक कुरालाई दर्शकले कमेडी नै हो भनेर सोच्दैनन् नी दीपक जी ।