साम्राज्ञीको कारण नाजिरको मनमा आगो सल्कियो (भिडियो)

शुक्रबारबाट रिलिज भएको फिल्म ‘तिमी सँग’ टिमले ‘मनमा आगो सल्कियो’ बोलको गीत सार्वजनिक गरेको छ ।

फिल्मका मुख्य कलाकार नाजिर हुसेन र साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स समावेश गीतमा स्वर दीपक पाठकको छ भने संगीत कृथम कंडेल र दीपक पाठकको रहेको छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ । शिशिर राणाको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा नाजिर हुसेन र साम्राज्ञी राज्यलक्ष्मी शाहसँगै आकाश श्रेष्ठ पनि मुख्य भूमिकामा छन । फिल्मले सकारात्मक प्रतिकृया पाइरहेको छ ।