हिमालय रोडिजको दोस्रो सिजन सुरु हुँदैँ

हिमालय रोडिज सिजन १को सफलतापछि अहिले रोडिज टिम दोस्रो संस्करण ‘वाईल्ड वाईल्ड वेस्ट’को तयारीमा लागेको छ । विगत १५ वर्ष देखि एम.टी.भी ईन्डियामा सन्चालन हुँदै आएको यो कार्यक्रमको फ्रेन्चाइजको रुपमा भियाकम १८ को लाइसेन्स अन्तर्गत रहेर हिमालय टेलिभिजनले अन्तराष्ट्रिय प्रशारण अधिकार लिँदै नेपालीहरु माझ ल्याएको हो । उक्त कार्यक्रमको लोकप्रियता नेपालमा पनि देखियो । पहिलो सिजनमा नेपालका ५ सहरहरुबाट झण्डै १०,००० प्रतिस्पर्धीहरुले यो प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये १८ जनालाई चयन गरियो । प्रतिस्पर्धीहरुले यसलाई जिवनकाल कै एक महत्वपूर्ण साहसिक क्षणका रुपमा चित्रण गरेका थिए ।

काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच सिजन २ को घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवालले ‘पहिलो सिजन साँच्चीकै एउटा ठलो चनौति थियो । सफल पनि भयौँ । दर्शकहरुको अपेक्षालाई कम हुन नदिनु नै यो वर्ष हाम्रो मख्य लक्ष्य हुनेछ ।’सिजन २ ‘वाईल्ड वाईल्ड वेस्ट’को अडिसन इटहरी-बैशाख ७, चितवन- बैशाख १०, बुटवल-बैशाख १२, पोखरा-बैशाख १५ र काठमाडौंमा- बैशाख १८मा हुनेछ । यस सिजन पनि जजका रुपमा रेमन दास, आसिश राना (लाउरे) र दिया मास्के रहनेछन । यस सिजनको बिजेताले रु २०,००,००० नगद पुरस्कार सहित यामाहा एफजेड २५० मोटरसाइकल जित्नेछन ।