कार्टुन्ज क्रु र टंक बुढाथोकीको ‘रेलिमाई’ यूट्युब ट्रेन्डिङ नम्बर १ मा

टंक बुढाथोकीको शब्द, संगीत तथा स्वर रहेको गीत ‘रेलिमाई’ को भिडियो सार्वजनिक भएको छ । नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ फिचर गरिएको उक्त भिडियो यूट्युब मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको केही समयमा नै यूट्युब ट्रेन्डिङ नम्बर १ मा पर्न सफल यस गीतका सर्जक टंक बुढाथोकीको पछील्लो समय फिल्म शत्रु गतेको गीत रुपै मोहनी निकै चर्चित बनेको छ । रुपै मोहनी जस्तै यो गीतले पनि चर्चा बटुल्नेमा आफु विश्वस्त रहेको विश्वाश बुढाथोकीले ब्यक्त गरेका छन । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा कार्टुन्ज क्रुका सदस्यहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फ़िचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
भिडियो सार्बजनिक भएसंगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने भिडियो निर्देशक तथा कार्टुन्ज क्रुका सरोज अधिकारीले बताए । २०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया