अभिनेता सलमान खान जमानतमा रिहा

कालो हरिण मारेको केसमा ५ वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान जमानतमा छुटेका छन् ।
उनका वकिल आनन्द देशाइले जमानतका लागि सेसन कोर्टमा अपिल गरेका थिए आज सो अपिलमा न्यायाधिस रबिन्द्र कुमार जोशीको इजलासले उनलाई आज जमानत दिने फैसला गरेको हो । उनलाई ५० हजार जमानत मा रिहा गरिएको भारतीय संचार मध्यमले जनाएका छन् ।
के थियो केस ?

बिहीबार कालो हरिण सिकार मामिलामा सलमान खानलाई दोषी ठहर गर्दै जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको थियो । फैसलामा सलमानलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थियो । फैसलासँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेल चलान गरिएको थियो । यद्यपि सलमानका वकिलले जमानतका लागि अपिल गरेका थिए । अदालतले अन्य आरोपी सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलमलाई भने सफाई दिएको थियो ।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ सुटिङका क्रममा जोधपुरनजिकै कंकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको सिकार गरेको आरोपमा सलमानविरुद्ध २० वर्षदेखि जोधपुर अदालतमा मुद्दा चलिरहेको थियो । उनी अहिलेसम्म ४ पटक जोधपुर जेल गई सकेका छन् । सन् १९९८, २००६ र २००७ मा गरी सलमान कुल १८ दिन जेलमा बसिसकेका भारतीय समाचारहरुमा उल्लेख छ । सलमानका वकील हस्तीमल सारस्वतले बिहीबार नै जमानतका लागि निवेदन दिएका थिए ।

१९९८ सालमा फिल्म ‘हाम साथ साथ है’ को सुटिङका क्रममा सलमान खानलाई कालो हरिण मारेको आरोप लागेको थियो । यही केसमा उनलाई प्रहरीले गिरफ्तार गरेका थियो भने उनी पाँच दिनसम्म जेलमा बसेका थिए । २२ सेप्टेम्बर १९९८ मा उनको सुत्ने कोठाबाट एक रिभल्बर र राइफल भेटिएको थियो । यही मामलामा ललित बोहोरा भन्ने व्यक्तिले जोधपुरको लुणी पुलिस थानामा १५ अक्टूबर १९९८ मा पहिलो एफआईआर दर्ता गरेका थिए । त्यही एफआईआरमा लिखिए अनुसार सलमान खानले अक्टोबर १ र २ १९९८को मध्य राति कांकणी गाउँको सिमानामा दुई कालो हरिण मारेका थिए ।

कालो हरिण भारतमा लोपोन्मुख जीव मानिन्छ र त्यसलाई सरकारले संरक्षण गर्ने नीति लिएको छ ।
२० वर्षदेखि चलेको मुद्दामा सलमान पटक पटक अदालतमा उपस्थित हुँदै आएका थिए । पछिल्लो समय मुद्दा दर्ता गरेको पक्षबाट ५१ जनाको सूची कोर्टमा दर्ता गरेकोमा त्यसमध्य २८ जनाको बयान लिइएको थियो । विपक्षीको तर्फबाट पनि बचाउका लागि दस्तावेज पेस भएको थियो । त्यसपछि २८ मार्चमा अन्तिम बहस भएको थियो ।