नम्रता बिना फिल्म नै नबनाउने हुन् दिनेशले ?

- मेराेफिल्म

निर्देशक दिनेश राउत बर्षमा एउटा फिल्म बनाउँछन् । मायाप्रेमदेखि फरक बिषयमा फिल्म बनाउने दिनेशको आलोचना र प्रशंसा दुबै हुन्छ । कतिले त दिनेश स्लो फिल्म बनाउँछन् पनि भन्छन् । दिनेश राउतको फिल्ममा अरु जे जे कुरा परिवर्तन भएपनि, एउटा कुरा परिवर्तन हुँदैन । त्यो हो, अभिनेत्री । दिनेशले अभिनेताहरु परिवर्तन गरे । तर, अभिनेत्री नम्रता श्रेष्ठ भने उनको फिल्ममा हुन्छिन् नै ।

‘नोभेम्बर रेन, क्लासिक, पर्व’मा उनले नम्रतालाई नै हिरोइन बनाए । अब, दिनेश एक नयाँ फिल्म निर्माण गर्न जाँदैछन् । जसमा पनि अभिनेत्री नम्रता श्रेष्ठ नै हिरोइन छिन् । दिनेशले नम्रता राख्नुपर्छ भन्ने अडान लिएकै कारण अभिनेता आर्यन सिग्देलले बनाएको फिल्ममा उनी निर्देशक नभएको चर्चा समेत चलेको थियो । आखिर, दिनेशले अरु अभिनेत्रीलाई पनि अवसर दिए हुने ? किन नम्रताविना उनी काम नै गर्न सक्दैनन् । अचम्म छैन त ?

२०७४ चैत २६ गते ९:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *