बिरोधका बावजुद सलमान नेपाल आउदै


बलिउडका चर्चित नायक सलमान खान अन्तत नेपाल आउने भएका छन्  । खानलाई काठमाडौं ल्याउने तयारीमा रहेको ओडीसी इन्टरटेनमेन्टलाई मुम्बई स्थित जेए इभेन्ट्स्ले पत्र लेख्दै सलमान आउँदो जेठ १२ गते काठमाडौंमा कार्यक्रम गर्न राजी भएको जानकारी गराएको छ । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर नेपालकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम सम्पन्न गर्ने ओडीसी इन्टरटेनमेन्टले नै सलमानलाई ल्याउने तयारी गरिरहेको छ ।जेए इभेन्ट्स्को पत्रका अनुसार सलमान सहित सोनाक्षी सिन्हा, प्रभु देवा, कृती सेनन्, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् ।

यसअघि फागुन २६ गते नेपाल आउने कार्यक्रम भए पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दबंग द टुर रोक्नुपर्ने भन्दै विरोध जनाएपछि सलमानको कार्यक्रम स्थगित भएको थियो । तर पनि आयोजकले कार्यक्रम स्थगित मात्र भएको, सलमान आउने कार्यक्रम यथावत रहेको दावी गर्दै आएका थिए ।