नि:सन्तान हुँदाको मानसिक द्धन्द्धको कथा फिल्म ‘प्रसाद’

नि:सन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैँमा उत्पन्न हुने एक मानसिक द्धन्द्धसँगै सामाजिक मूल्य, मान्यता विरुद्धको कथा हो फिल्म ‘प्रसाद’ । आज एक औपचारिक कार्यक्रमका बिच यस फिल्मको घोषणा गरिएको छ ।
विपिन कार्की, नम्रता श्रेष्ठ, नवीन मानन्धर लगायतको मुख्य भूमिका रहने फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन भने एशोसियट डिरेक्टरका रुपमा विकास सुवेदी रहने छन् । सुभाष थापाको निर्माण रहने फिल्मको कथा सुशील पौडेलको हो ।
फिल्ममा राजेश श्रेष्ठको छायांकन, कोशिष क्षेत्री र सुवास भुषालको संगीत, अन्जु पन्त, केतन क्षेत्री, रुपक डोटेल लगायतको गायन रहने छ । फिल्मको गीत गणेस शाही, जोसेफ शाही ठकुरीले लेखेका छन् । फिल्म बैशाख अन्तिमबाट फ्लोरमा जानेछ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया