‘शत्रु गते’को जापानमा बम्पर ओपनिङ्
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_768YToz5IS_m4qrkt67fhdbrcyinenjeb9rf6ahixdivaiuwft4hhgvqubqvv3gyrfeq8gs.jpg)
ए-वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा आइतबार टोकियोको नाकानो जिरो हलमा सम्पन्न चलचित्रको रेड कार्पेट प्रिमियर शोमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो । बालबच्चादेखि बुढापाकासम्मका दर्शकहरुले भरिभराउ हल समय बित्दै जाँदा झनझन् साँघुरो बन्दै गयो ।
उता आयोजकलाई दर्शकहरुको भिड सह्माल्न धौंधौं, यता दर्शकहरु सिट रोक्नलाई दौडधुप । झट्ट हेर्दा, नेपालकै सिनेमा घरमा चलचित्र हेर्न आएजस्तै आभाष धेरै दर्शकहरुले गरे । चलचित्र हेर्न आएका दर्शकहरु हलको क्षमताभन्दा धेरै भएपछि कोहि फर्किन बाध्य भए त कोहि भुईंमै बसेर पनि चलचित्र हेर्न हौसिए ।
‘शत्रु गते’ले जापानको इतिहासमै हाउसफुलको साथ चलचित्र प्रदर्शनको नयाँ रेकर्ड
‘चलचित्रको कथावस्तु राम्रो भएर मात्र नहुने रहेछ, चलचित्र चल्न कलाकारको उपस्थिती पनि महत्वपूर्ण रहेछ’ हाउसफुलको साथ चलचित्रले राम्रो व्यापार गरेपछि खुशी देखिएका ए-वान इन्टरटेन्मेन्टका अध्यक्ष जोन छन्त्यालले भने, ‘हाम्रो पहिलो प्रस्तुती नै सफल भएको छ, राम्रो चलचित्र हेर्न जापानबासी नेपालीहरु पनि हलसम्म पुग्ने रहेछन् भन्ने पुष्टि हो आजको उपस्थिती ।’
चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । दर्शकहरुले दिपकराज गिरी र हरिवंश आचार्यको अभिनयलाई रुचाए ।
प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।
चलचित्र टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा पनि प्रदर्शन गरिने आयोजकले बताएको छ ।
मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदालाई सम्झिए
१७ बर्षपछि पुनः चलचित्र निर्माणमा फर्किएको महजोडीमध्ये ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठलाई जापानबासी नेपालीले सम्झिए । आन्द्रा र फोक्सोको क्यान्सरबाट पीडित ६७ बर्षीय यशोदाको गत हप्ता उपचारको क्रममा निधन भएको थियो । जापानबासी नेपालीहरुले यशोदाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनीहरुले मौनधारण गर्दै यशोदाको आत्माको चिर शान्तिको कामना समेत गरे ।
जापानमा छल्कियो पलको क्रेज
नायक पल शाहको स्टारडम जापानमा पनि उस्तै देखिएको छ । उनी हलमा पुग्दा फ्यानहरुको बाक्लो भिडले घेरिए । विशेषगरि युवती फ्यानहरु उनको आगमनले धेरै उत्साहित देखिन्थें । दर्शकहरुसँगै चलचित्र हेर्दै गरेका पलसँग शेल्फी लिनेको जमात पनि बाग्लै थियो ।जापानको टोकियोमा हाउसफुलको साथ प्रदर्शन भएकोमा खुशी देखिएका पलले दर्शकहरुलाई धन्यवाद दिए । उनलाई ए-वानका अध्यक्ष जोन छन्त्याल, म नेपाली ग्रुपकी अध्यक्ष स्मृति आचार्य, एनआरएनए आईसीसी दिनेश गुरुङ, ओम गुरुङ, पत्रकार रमेश श्रीसमगर, कृष्ण लामाले फुलको गुच्छाले स्वागत गरे ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_vSN9gInrUe_gak8uwjkvddi8ckmfh6q0smhcldemsggmabc5atzbhs7mdqyhks2jyeftflb.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_eGRQS4CTVj_lkdryhrr9gudgv7ri3w0rzgmjha4okp5gly6clsu5jbldl16vsk2g3xyfpn3.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_i3DRRSCdlQ_8hwksajdedl11ebrqwsnspvinlagop00pqwzqws6c2wg98yanlu8reqs9ul9.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_yJldhfw3Qe_fbebf3tlvsfzikbhacww3wwx8jcv3clwrxhmqx1wzsoe0t4cdnwbsmam6hxl.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_8dDMLDdWrR_e6q6gfrottyyoctz5sb0v6cqw8u0x5vocgzxzdow5kvpkybli6ldgr2xxhi6.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया