फिल्म ‘चौका दाउ’मा नायिका बर्षा राउत फाइनल

केही समय अगाडि निर्माण घोषणा गरिएको फिल्म चौका दाउमा नायिकाको रुपमा बर्षा राउत फाइनल भएकी छिन् । निर्माण टिम र उनको बिचमा सम्झौता भैसकेको बुझिएको छ । कमेडी जनरामा बन्ने फिल्ममा सन्तोस पन्त, टाईयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झा लगायतका कलकारहरुको मुख्य अभिनय रहने छ भने पुरुनन्दु झाले निर्देशन गर्ने छन् ।

मनोज राजभण्डारीको निर्माण रहने फिल्ममा कथा तथा संगीत सम्भुजित बास्कोटाको रहेको छ । फिल्ममा चन्द्र पन्तको द्धन्द र छांयाकन दिर्घ गुरुङ्को रहने छ । फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।